लिस्बन, पोर्चुगल । गुल्मी समाज पोर्चुगलले नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको अवसरमा विशेष तीज तथा दर खाने कार्यक्रम आयोजना गर्ने भएको छ।
समाजले सार्वजनिक गरेको निमन्त्रणा अनुसार कार्यक्रम ६ सेप्टेम्बर २०२६ मा लिस्बनमा भव्य रूपमा आयोजना गरिनेछ । पोर्चुगलमा रहेका सम्पूर्ण गुल्मेली दिदीबहिनी,दाजुभाइ तथा नेपाली समुदायलाई कार्यक्रममा सहभागी भई तीज पर्वलाई उल्लासपूर्ण वातावरणमा मनाउन हार्दिक निमन्त्रणा गरिएको छ।
आयोजकका अनुसार कार्यक्रमको मुख्य उद्देश्य नेपाली मौलिक संस्कृति र परम्पराको संरक्षण एवं प्रवर्द्धन गर्नुका साथै विदेशमा रहेका नेपालीबीच आपसी सद्भाव, भाइचारा र एकताको भावना अझ मजबुत बनाउनु हो। कार्यक्रममा गीत, संगीत तथा नृत्यमार्फत तीज पर्वको सांस्कृतिक महत्वलाई उजागर गरिनेछ भने सहभागीहरूबीच शुभकामना आदानप्रदान र स्वादिष्ट दरको समेत व्यवस्था गरिएको समाजका अध्यक्ष कलश खरेलले बताए ।
कार्यक्रम R. Heróis de Quionga 61B, 1170-088 Lisboa (Map: Alyonna Bliss) मा दिउँसो २:०० बजेदेखि राति ११:०० बजेसम्म सञ्चालन हुनेछ।
गुल्मी समाज पोर्चुगलले पोर्चुगलमा रहेका सम्पूर्ण नेपाली समुदायलाई कार्यक्रममा उपस्थित भई तीज पर्वलाई सभ्य, भव्य र उत्साहपूर्ण रूपमा मनाउन अनुरोध गरेको छ। समाजले “हाम्रो संस्कृति, हाम्रो पहिचान—तीजलाई भव्य र सभ्य रूपमा मनाऔँ” भन्ने सन्देशसहित सबैको सक्रिय सहभागिताको अपेक्षा गरेको जनाएको छ।
FOUNDER/CHIEF EDITOR :