युरोपबाट एमाले महाधिवेशनका लागि ५ जना प्रतिनिधि चयन

युरोपबाट एमाले महाधिवेशनका लागि ५ जना प्रतिनिधि चयन
युरोपनेपाली खबर २०७८ कार्तिक २९ सोमबार, 15-11-2021


 युरोप । नेकपा एमाले निकट प्रवासी नेपाली मंच (ओएनएफ) युरोपियन क्षेत्रबाट १० औं महाधिवेशनमा ५ जना प्रतिनिधि छानिएका छन्। प्रवासी नेपाली मंच भित्र प्रतिनिधि चयनका महिला बाहेकका लागि लागि २७ जनाले उम्मेदवारी दर्ता गराएपनि तोकिए बमोजिम ५ जना मात्र  प्रतिनिधि छानिएको बुझिएको छ ।

२७ जना मध्ये खुला ३ जनाको कोटामा युरोपबाट भक्तबहादुर वाग्ले, गोविन्द पौडेल र मुक्त गुरुङ छानिएका छन । महिला तर्फ दुई जनाको कोटामा कल्पना त्रिपाठी र सरु चापागाई रहेका छन । 

एमाले अन्तरराष्ट्रिय प्रवास कमिटीले १० औं राष्ट्रिय महाधिवेशन प्रतिनिधि निर्वाचनको कार्यतालिका र अधिकृतको विवरण सार्वजनिक गरेको सुचनामा युरोपमा भर्चुअल निर्वाचन भएको जनाइएको छ । गत १० नोभेम्बरमा जारी गरिएको सुचनामा निर्वाचन कार्यतालिकामा युरोपलाई एकै क्षेत्रमा राख्दै युरोपको निर्वाचन गराउन हङगकङगका भक्त गुरुङलाई जिम्मा दिइएको थियो ।

कार्यतालिकामा नोभेम्बर १२ विहान ११ बजे अन्तिम नामावली प्रकाशन, दिउँसो १ बजे उम्मेदवारी दर्ता गरि बेलुकी ८ बजे अन्तिम उम्मेदवारी सुची प्रकाशन गर्ने समय तोकिएको थियो । युरोपियन समय अनुसार विहान ११ मतदानको समय तोकिएको थियो  । सोही दिन राती ११ बजे नतिजा प्रकाशनको समय सीमा राखिएको थियो ।

निर्वाचन कार्यतालिका अनुसार एमालेको १० औं राष्ट्रिय महाधिबेशनको लागी युरोप क्षेत्रबाट उम्मेदवारी दर्ता गर्ने (जम्मा ३ जनाको लागि)

१. सुरेन्द्र थपलिया (युके)

२. गोविन्द पौडेल (पोर्चुगल )

३. शालिक ग्राम थपलिया (बेल्जियम)

४. चन्द्रकान्त आचार्य (जर्मनी)

५. बोधराज पौडेल (बेल्जियम)

६. मुक्त गुरुङ (स्पेन )

७. शिब चापागाइ (डेनमार्क)

८. मदन लिम्बु (पोर्चुगल)

९. चिरञ्जीवी खडका (चेक रिपब्लिक)

१०. शिब बरुवाल (बेल्जियम)

११. विनोद ज्ञवालि ( युके )

१२. रञ्जन शिम्खडा (बेल्जियम)

१३. युबराज अधिकारी (जर्मनी)

१४. रणबहादुर बि क (जर्मनी)

१५. भक्तबहादुर वाग्ले ( फ्रान्स)

१६. जनक सुवेदी (बेल्जियम)

१७. भोजराज त्रीपाठी (जर्मनी)

१८. सनत कुमार गौतम (जर्मनी)

१९. टुङ्ग भद्र भुसाल (युके)

२०. दासुराम पाण्डे (युके)

२१. हरि सिम्खडा (बेल्जियम)

२२. योगेन्द्र बि क (बेल्जियम)

२३. जिबन सेन (युके)

२४. विनोद न्यौपाने (बेल्जियम)

२५ .बाल कृष्ण भुसाल (युके)

२६. दिनेश घिमिरे (युके)

२७. किसान केसि (बेल्जियम)

महिला प्रतिनिधिको २ जनाको लागी

१. कल्पना आङबुहाङ (युके)

२. सरु चापागाइ (बेल्जियम)

३. सरस्वती केसी (युके)

४. कल्पना त्रीपाठी (युके)

(छानिएका ५ जना - भक्तबहादुर वाग्ले, गोविन्द पौडेल, मुक्त गुरुङ, कल्पना त्रिपाठी र सरु चापागाईं)

प्रवास कमिटीहरु मध्ये ओसियानाको निर्वाचन अधिकृतमा चानक पोख्रेल, एशिया प्यासिफिकमा प्रभुराम थापा, गल्फमा रमेश पाण्डे, युरोपमा भक्त गुरुङ, अमेरिकाका निर्वाचन अधिकृतमा डा. विमला भण्डारी र अन्तरराष्ट्रिय कमिटिको निर्वाचन अधिकृतमा डा. राजन भट्टराई छन । आगामी नोभेम्बर १६ तारिख विहान ११ बजे संगठन विभागमा प्रतिनिधि दर्ताको समय राखिएको छ ।

एमालेको विधानअनुसार संगठित सदस्य भएको १० बर्ष पुगेपछि महाधिवेशन प्रतिनिधिमा उम्मेदवार हुन योग्य हुने छ भने महिला र जनजातीको हकमा भने सात बर्षमा योग्य हुने व्यवस्था छ ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित