पदाधिकारीमा देउवालाई कम्फरर्टेबल बहुमत, सभापतिदेखि सहमहामन्त्रीसम्म नेविसंघको विरासत (सूचीसहित)

पदाधिकारीमा देउवालाई कम्फरर्टेबल बहुमत, सभापतिदेखि सहमहामन्त्रीसम्म नेविसंघको विरासत (सूचीसहित)
युरोपनेपाली खबर २०७८ पुष २ शुक्रबार, 17-12-202


पहिलोपटक समावेशी बहुपदीय प्रणालीमा गएको नेपाली कांग्रेसले सभापति शेरबहादुर देउवाको नेतृत्वमा १३ सदस्यीय पार्टी हाँक्ने टिम निर्वाचनमार्फत प्राप्त गरेको छ ।

सभापति पदमा फराकिलो मतान्तरमा निर्वाचित भएका देउवाले पदाधिकारीमा भने आफू सोचेजस्तो टिम जिताउन सकेनन् । १३ सदस्यीय पदाधिकारीमा आरक्षण कोटाबाट धेरैजसो देउवा निकटले जितेकाले सभापतिको वहुमत भने आएको छ ।

उपसभापति पूर्णवहादुर खड्कासहित सहमहामन्त्रीहरु भिष्मराज आङ्देम्बे, महालक्ष्मी उपाध्याय, उमाकान्त चौधरी, किशोरसिंह राठौर, फरमुल्लाह मन्सुर र महेन्द यादव देउवा पक्षबाट निर्वाचित भएका छन् ।

त्यस्तै डा. शेखर पक्षबाट उपाध्यक्ष धनराज गुरुङ, महामन्त्री गगनकुमार थापासहित सहमहामन्त्रीहरु बद्री पाण्डे, जीवन परियार पदाधिकारीमा निर्वाचित भएका छन् ।

महामन्त्री निर्वाचित भएका विश्वप्रकाश शर्मा देउवा समूहबाट टिकट नपाएपछि प्रकाशमान समूहबाट लडेका थिए ।

प्रकाशमानले दोस्रो चरणमा देउवालाई समर्थन गरेपछि उनले पनि देउवाको समर्थनमा मत मागेका कारण संस्थापन पक्षले आफ्नो दावी गरेको छ । शर्माको अबको भूमिका भने प्रष्ट छैन । कांग्रेस पदाधिकारीमा देउवाको कम्फरटेबल बहुमत भने आएको छ ।

संयोग नै मान्नुपर्छ कांग्रेस सभापतिदेखि सहमहामन्त्रीसम्म नेपाल विद्यार्थी संघका पूर्व अध्यक्षहरुले उल्लेख्य रुपमा जितेका छन् । सभापति देउवा नेविसंघका दोस्रो सभापति हुन् । त्यस्तै उपसभापति जितेका धनराज गुरुङप पनि नेविसंघका पूर्वं सभापति हुन् ।

महामन्त्री विश्वप्रकाश शर्मा नेविसंघका पूर्व अध्यक्ष हुने भने अर्का महामन्त्री गगन थापा पूर्व महामन्त्री हन् । सहमहामन्त्रीमध्ये किशोर सिंह राठौर नेविसंघका पूर्व सभापति र बद्री पाण्डे पूर्व महामन्त्री हुन् ।

अर्का सहमहामन्त्री महेन्द्र यादव तरुण दलका पूर्व अध्यक्ष हुन् । महालक्ष्मी उपाध्याय डिना पनि पद्मकन्या क्याम्पसको स्ववियु सभापति थिइन् । देउवाको टिममा नेविसंघ पृष्ठभूमिका नेताहरुको बाहुल्य देखिएको छ ।

बुढो पार्टी भनेर चिनिने नेपाली कांग्रेसमा यसपटक १३ जना पदाधिकारीमध्ये ७० कटेका सभापति देउवामात्र छन् भने महामन्त्री गगन थापासहित केही पदाधिकारी ५० वर्षमुनिका छन् ।

कांग्रेस पदाधिकारीमा महिलाको प्रतिनिधित्व भने महिला क्लस्टरबाटमात्र बनेको छ । नेकपा १९ पदाधिकारीमा दुई महिला समेट्दा कांग्रेसले १३ पदाधिकारीमा एकजनामात्र समेट्न सकेको छ ।

दलितमा पनि कांग्रेस र एमालेले पदाधिकारीमा एकएक जना समेटेका छन् पहिलोपटक । देउवाको टिममा पूर्णवहादुर खड्काबाहेक अरु सबै पदाधिकारी नयाँ हुन् ।

विश्वप्रकाश शर्मा प्रवक्ताको हैसियतमा यसअघि पदाधिकारी मानिए पनि निर्वाचनबाट उनी पहिलोपटक पदाधिकारीमा आएका हुन् ।

कांग्रेसका दिग्गज र सिनियर नेता पदाधिकारी सेटभन्दा बाहिर रहदा नयाँ युवासँग देउवाले काम गर्नुपर्ने भएको छ ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित