देउवाले गरे १० जना मनोनीत, को-को परे ? (सूचीसहित)

देउवाले  गरे १० जना मनोनीत, को-को परे ? (सूचीसहित)
तस्वीर : नेपाल प्रेस
युरोपनेपाली खबर २०७८ पुष १७ शनिबार, 01-01-2022


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले रामचन्द्र पौडेलसहित १० जना नेतालाई केन्द्रीय कार्यसमिति सदस्यमा मनोनित गरेका छन् ।

विधानले दिएको अधिकार प्रयोग गरि देउवाले सभापतिमा पहलो चरण प्रतिस्पर्धा गरेर दोस्रो चरणमा आफूलाई समर्थन जनाएका विमलेन्द्र निधी र प्रकाशमान सिंहलाई पनि मनोनित गरेका छन् ।

त्यस्तै उपसभापतिमा आफ्नो टिमबाट पराजित भएका विजय कुमार गच्छदार, महामन्त्रीमा पराजित डा. प्रकाश शरण मत र उपसभापतिमा प्रकाशमान सिंहको प्यानलबाट पराजित सुजाता कोइराला पनि मनोनित भएका छन् ।

मनोनित हुनेमा कृष्णप्रसाद सिटौला, उमा रेग्मी र मीन विश्वकर्मा समेत छन् । देउवा प्यानलबाटै पराजित महामन्त्री प्रदिप पौडेल भने मनोनित भएका छैनन् ।

यस्तै नारायण खड्का पनि मनाेनयनमा परेका छन् ।

त्यस्तै शेखर कोइरालाको प्यानलबाट उम्मेदवार उठेर पराजित भएका पदाधिकारी मनोनयनमा परेका छैनन् ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित