खाँदबारी नपा वडा नं. २ मा एमालेको पक्षमा उर्लियो जनलहर, एमालेका सबै उम्मेदवारहरु विजयी हुने संकेत

खाँदबारी नपा वडा नं. २ मा एमालेको पक्षमा उर्लियो जनलहर, एमालेका सबै उम्मेदवारहरु विजयी हुने संकेत
www.europenepalikhabar.com २०७९ बैशाख २६ गते सोमबार, 09-05-2022


खाँदबारी  । खाँदबारी नपा वडा नं. २ चेवा लगायतको क्षेत्रमा एमालेको पक्षमा जनलहर उर्लेको छ । चुनावी अभियान अन्तर्गत घरदैलो कार्यक्रममा एमालेको पक्षमा उर्लिएको जनलहरले खाँदबारी दुइमा एमाले धेरै बलियो देखिएको मतदाताहरूले दावी गरेका छन् ।

बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा नेकपा एमाललेको तर्फबाट खाँदबारी दुई चेवामा अध्यक्षका प्रत्यासी योगेन्द्र थापाले जनताको सेवक भएर काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

नेकपा एमाले वडा नम्बर २ कमिटीद्वारा आयोजित उम्मेदवार परिचय एवम् वृहत आमसभामा बोल्दै उनले सुशासनयुक्त छिटो छरितो सेवा प्रवाह पहिलो प्राथमिकतामा रहने विश्वास व्यक्त गरे ।

खानेपानी, सडक, शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनको क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउँदै उनले सम्पन्न भएको कार्यको निरन्तरता र अधुरा योजना सम्पन्न गर्नका लागि पार्टीले आफूलाई वडा अध्यक्षको उम्मेदवारीको रुपमा अघि बढाएको स्पष्ट पारे ।

नेकपा एमाले प्रदेश नम्बर एक कमिटी सदस्य भविश्वर गुरुङले नगरको स्वाधिनता र आर्थिक समृद्धिका लागि सूर्यध्वजावाहक उम्मेदवारलाई विजय गराउनु पर्ने आवश्यकता रहेको बताए ।

त्यस्तै खाँदबारी नगर कमिटी सदस्य तथा वडा नम्बर २ मा सह इन्चार्ज नारायण थापाले सातै छाप सुर्य चिन्हमा मतदान गरि नेकपा एमाले को प्यानललाई नै विजय गराउनु पर्ने तथा नगर समृद्धि तथा बिकासमा वडा मात्र नभै मेयर उपमेयरलाई पनि अत्याधिक बहुमत ले विजय गराउनु पर्ने कुरा व्यक्त गरे।

खाँदबारी-२ का वडाअध्यक्षका उम्मेदवार योगेन्द्र थापाले निर्वाचन प्रतिवद्धता पत्रका आधारमा विकास निर्माणका कामलाई अघि बढाउने प्रतिवद्धता व्यक्त गर्दै भ्रष्टाचार मुक्त वडा बनाउने विश्वास व्यक्त गरे । उनले २ नम्बरमा एमालेको पक्षमा जनलहर देखिएको भन्दै यसपटक पनि वडा नं. २ मा एमालेकै नेतृत्व आउने दाबी गरे ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित