दोलखाको यार्जाङ्ग गुम्बाका लागि पोर्चुगलबाट धनराज शेर्पाको अगुवाईमा रु १५ लाख संकलन

दोलखाको यार्जाङ्ग गुम्बाका लागि पोर्चुगलबाट धनराज शेर्पाको अगुवाईमा रु १५ लाख संकलन
www.europenepalikhabar.com २०७९ असोज ६ गते बिहीबार, 22-09-2022


युरोपनेपाली खबर, लिस्बन । दोलखा जिल्लाको गौरीशंकर गाउँ पालिका वडा नं. ७ सिक्पासोरमा निर्माणाधीन यार्जाङ्ग गुम्बाकालागि पोर्चुगलबाट समाजसेवी धनराज शेर्पाको अगुवाइ र संयोजकत्वमा लगभग रु १५ लाख संकलन भएको छ । 

सोही गाउँपालिकाको सोही वडामा जन्मिएर हाल पोर्चुगलमा व्यवसाय गरिरहेका गुम्बाका सल्लाहकार समेत रहेका धनराज शेर्पाको पहलमा पोर्चुगल र बेल्जियममा समेत गरेर उक्त रकम संकलन भएको हो ।

सो रकममध्ये रु. ८ लाख ५५ हजार गुम्बा व्यवस्थापन समितिलाई हस्तान्तरण गरिसकिएको छ भने बाँकी रकम केही दिन भित्र पठाइने संकलनकर्ता शेर्पाले बताए ।

संकलित रकम मध्ये  पोर्चुगलको लिस्बनस्थित धनराज शेर्पाको एभरेष्ट क्याफे रेस्टुरेन्टमा राखिएको दानबक्समा १६ सय ७७ युरो जम्मा भएको थियो भने पोर्चुगल मै सहयोग रसिदबाट २७ सय ५४ युरो संकलन भएको थियो । यसैगरी पोर्चुगलबाटै नेपाली रकम रु १ लाख २६  समेत उठेको थियो । शेर्पाले व्यक्तिगत रूपमा रु १ लाख ५१ हजार सहयोग प्रदान गरेका थिए । यसरी सबै गरेर पोर्चुगलबाट जम्मा ८ लाख ३५ हजार संकलन भएको थियो । 

यसैगरी बेल्जियमबाट ४७ सय १७ युरो (रु ६,५५,६१४/-)  संकलन भएको थियो सो  धनराज शेर्पा र वाङ्गेल लामाको सक्रियतामा उठेको हो । यसरी गुम्बाका जम्मा रु १५ लाख बराबरको रकम उठेको हो ।

उक्त संकलित रकम पत्रकार महासंघ युरोपका उपाध्यक्ष राजकुमार थापा र स्थानीय व्यवसायी सुमन शर्मा चौलागाईंको रोहबरमा संकलनकर्ता धनराज  शेर्पा समेत भएर गणना गर्ने काम भएको थियो ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित