रोनाल्डोले किनेको पोर्चुगलकै सबैभन्दा महँगो घर कस्तो होला ?

रोनाल्डोले किनेको पोर्चुगलकै सबैभन्दा महँगो घर कस्तो होला ?
www.europenepalikhabar.com २०७९ कार्तिक १७ गते बिहीबार, 3-11-2022


युरोपनेपाली खबर, पोर्चुगल ।

पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोका लागि मैदानभित्र यस सिजन खासै सम्झनलायक रहन सकेको छैन । म्यानचेस्टर युनाइटेडमा एरिक टेन हागले प्रशिक्षकको जिम्मेवारी सम्हालेसँगै उनले निकै कम अवसर पाएका छन् ।

मैदानभित्र कम अवसर र विवादले स्थान पाएपनि रोनाल्डोले मैदानबाहिर आफ्नो व्यवसाय भने जारी राखेका छन् । उनले मैदानभित्र कम अवसर पाएकै कारण विश्वकपपछि जनवरी ट्रान्सफर विन्डोमा म्यानचेस्टर युनाइटेड छाड्ने चर्चा पनि चलेको छ । यसबीचमा उनले पोर्चुगलमा देशकै सबैभन्दा महँगो घर किनेपछि उक्त चर्चालाई थप बल पुगेको छ ।

रोनाल्डोले पोर्चुगलको कास्केस क्षेत्रमा ११ मिलियन युरो (१.४ अर्ब नेपाली रुपैयाँ) खर्चेर घर किनेका छन् । उनले थप १० मिलियन युरो खर्चेर उक्त घरको पुनर्निर्माण गर्ने भएका छन् । खरिद र निर्माणको कुल लागत २१ मिलियन युरो (२.७ अर्ब नेपाली रुपैयाँ) हुनेछ । सन् २०२३ को सुरुवातसम्ममा निर्माण सम्पन्न हुने आँकलन गरिएको छ । यो क्षेत्र पोर्चुगलको सबैभन्दा विलासी घरहरु भएको क्षेत्रमा पर्दछ ।

रोनाल्डोले निर्माण गर्न लागेको नयाँ म्यानसन ३ तलाको हुनेछ । २ हजार ७ सय २० वर्ग मिटर क्षेत्रफल जग्गा रहेको स्थानमा ५ सय ४४ वर्ग मिटर क्षेत्रफलमा घर निर्माण हुनेछ । यसबाहेक गार्डेन, स्विमिङ पुल लगायत निर्माण हुनेछ ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित