हाइपर भन्ने अवैध नेटवर्किङ मार्फत आर्थिक कारोबार गरी ठगी भएको भन्दै पोर्चुगलमा पनि उजुरी

हाइपर भन्ने अवैध नेटवर्किङ मार्फत आर्थिक कारोबार गरी ठगी भएको भन्दै पोर्चुगलमा पनि उजुरी
www.europenepalikhabar.com २०७९ कार्तिक २१ गते सोमबार, 7-11-2022


लिस्बन । हाइपर फन्ड, हाइपर भर्स, हाइपर नेसन जस्ता नामहरुबाट अवैध रूपमा नेटवर्किङ र गैर बैकिङ कारोबार संचालन गरी व्यापक रूपमा ठगी र आर्थिक अपचलन भएको भन्दै पोर्चुगलको निकायमा पनि पीडितहरुले उजुरी गरेको खबर प्राप्त भएको छ । पीडितहरुले हाम्रो चौतारी भन्ने टेलेग्राम ग्रुप खोलेर उजुरी गरेको जानकारी दिएका छन् ।

खासगरी पोर्चुगलस्थित सर्वसाधारण नेपाली, भारतीय र बंगलादेशी नागरिकहरुलाई अनेकौं झुट्टा आश्वासन र प्रलोभनमा पारी जुम, टेलेग्राम र म्यासेन्जर लगायतका अनलाइन र भर्चुअल माध्यम प्रयोग गर्दै  सेमिनारका माध्यमबाट "इमोसनल ब्याकमेलिङ" गरी प्याकेज किन्ने भन्दै लाखौं युरो ठगी भएपछि पीडितहरु कानुनको सहारामा पुगेको बताइएको छ ।

यस्तो खालको गैर बैकिङ आर्थिक कारोबार र क्रियाकलापलाई युरोपको कानुनले गम्भीर आर्थिक अपराधको रूपमा लिने गर्दछ ।

खासगरी यो नेटवर्किङ ठगी धन्दामा संलग्न केही नेपाली नाइकेहरु र इन्डियनहरुको नाममा उजुरी परेको भन्ने खबर छ । अनुसन्धान गरी कानुनको दायरामा ल्याउनु पर्ने र यस्ता व्यक्तिहरु भाग्न, लुक्न सक्ने हुँदा नामहरु गोप्य राखिएको जनाइएको छ ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित