रोमानियामा फेरि घट्यो दु:खद घटना, कास्की एक नेपाली युवाद्वारा आत्महत्या

रोमानियामा फेरि घट्यो दु:खद घटना, कास्की एक नेपाली युवाद्वारा आत्महत्या
रोमानियामा मृत्यु भएका स्वर्गिय भीम गुरुङ
www.europenepalikhabar.com २०७९ कार्तिक २४ गते बिहीबार, 10-11-2022


लाक्पा तेन्जी लामा/ रोमानिया ।

रोमानियाको नेपाली समुदायमा अर्को दु:खद घटना घटेको खबर प्राप्त भएको छ। Bucharest को Grozavesti मा भएको  ARTIFEX University  को होस्टलमा एक नेपाली युवक झुन्डिएर आत्महत्या गरेको खबर प्राप्त भएको छ । 

मृतक कास्की पोखरा लामाचौर घर भएका बर्ष २८ का भिम गुरुङ रहेको र मृतक विगत १८ महिना अघि रोजगारीका लागि रोमानिया आएको जानकारी प्राप्त भएको छ । आत्महत्याको कारण भने खुलेको छैन ।  घटना भएको जानकारी पाए लगत्तै प्रहरी पुगी शवको मुचुल्का उठाइ शव पोस्टमार्टमका लागि लगिएको छ ।

रोमनियाको नेपाली समुदायमा यस्तो प्रकारको घटना लगातार हुँदै आइरहेको छ, विगत २ महिनाको अन्तरालमा ४ जनाले ज्यान गुमाई सकेका छन् । १ जनाको हृदयघात मुख्य कारण थियो भने बाँकी २ जनाको दुर्घटनामा परी ज्यान गएको थियो भने हिजो मात्र एक जनाले आत्महत्या गरेका छन् ।

सन् २०१९ यता ९ जना नेपालीहरुको रोमानियामा मृत्यु भै सकेको छ । यसरी  अकाल मृत्युवरण हुनुमा असवधानी, नेपालमा देखेको सपना र नेपालमा मेनपावर कम्पनीमा तिरेको रकम यहाँ कामको प्रेसर र मानसिक बिक्षिप्तता जस्ता मुख्य कारण हुन सक्ने देखिएको छ ।

महिनाको ५०-६० हजार तलबको लागि ६-७ लाख तिर्नु पर्ने र यहाँ भने अनुसार काम र कमाई नहुनुले मानसिक तनाव भै आत्महत्या गर्ने सम्मको निर्णयमा पुगेको देखिन्छ ।  यसको निराकरणमा जिम्मेवार हामी आफैं र सबैले बेलैमा विशेष ध्यान दिन जरूरी छ ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित