पोर्चुुगलमा २९ मार्चदेखि राहदानी सेवा उपलब्ध गराउन टोली आउने

पोर्चुुगलमा २९ मार्चदेखि राहदानी सेवा उपलब्ध गराउन टोली आउने
२०७९ चैत २ गते बिहीबार, 16-03-2023

युरोपनेपाली खबर ।

लिस्बन । पोर्चुुगलमा २९ मार्च २०२३ देखि राहदानी सेवा उपलब्ध गराउने टोली आउने भएको छ । गैरआवासीय नेपाली संघ (NRNA-NCC, Portugal) पोर्चुगलका अध्यक्ष रविन अधिकारी र महासचिव राजकुमार थापाले आज नेपाली राजदुतावास पेरिस फ्रान्सबाट प्राप्त सूचना र आएको विवरणको बारेमा जनहितमा एक सूचना प्रकाशित गर्दै जानकारी गराएका छन् ।

हेर्नुहोस् प्रकाशित सूचना जस्ताको तस्तै :

पोर्चुुगलमा राहदानी सेवा उपलब्ध गराउने टोली आउने बारेको अत्यन्त जरुरी सूचना !

आदरणीय पोर्चुगलबासी नेपाली दाजुभाइ दिदीबहिनीहरु र सम्बन्धित सबैमा जानकारीका लागि हार्दिक अनुरोध !

पोर्चुुगलको  राजधानी लिस्वनस्थित अवैतनिक नेपाली महाबाणिज्य दूतावासको समन्वय, सहयोग अनि सहजीकरणमा फ्रान्सस्थित नेपाली राजदूतावासका प्रतिनिधि एवं परराष्ट्र मन्त्रालय राहदानी विभागबाट आउने टोलीले यही २९ मार्च २०२३ (१५ चैत्र २०७९) देखि २५ अप्रिल २०२३ सम्म जैविक तथ्यांक संकलन गर्ने ब्यहोरा सबैको जानकारीका लागि सूचना गरिएको छ । दरखास्त संकलनको कार्य शनिबारबाहेक अन्य प्रत्येक दिन बिहान ९ बजेदेखि बेलुका ७ बजेसम्म रहने ब्यहोराको सूचना प्राप्त भएको जानकारी गराइन्छ ।

रविन अधिकारी 

अध्यक्ष 

राजकुमार थापा

महासचिव 

गैरआवासीय नेपाली संघ (NRNA-NCC, Portugal), पोर्चुगल ।

१६ मार्च २०२३ (२ चैत २०७९)

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित