कालिका खबर डटकम दोस्रो वर्षमा प्रवेश

कालिका खबर डटकम दोस्रो वर्षमा प्रवेश
www.europenepalikhabar.com २०८० जेठ १६ गते मंगलबार, 30-05-2023


लिस्बन । पोर्चुगलबाट संचालित कालिका खबर डटकम स्थापनाको एक वर्ष पूरा गरेर दोस्रो वर्षमा प्रवेश गरेको छ ।

दोस्रो वर्ष प्रवेश गरिरहँदा निरन्तर साथ दिने समस्त पाठक, दर्शक, विज्ञापनदाता, शुभेच्छुक तथा यस संस्थामा आवद्ध सम्पूर्ण सदस्य तथा कर्मचारीहरुप्रति कालिका खबर डटकमका सम्पादक पुस्तक रेग्मीले विशेष आभार व्यक्त गरेका छन्  ।

सबैको शुभेच्छा, हौसला, सहयोग र सहकार्यले नै यस सञ्चार माध्यमलाई स्थापित गराउँदै जनतालाई सुसुचित गराउने अविराम यात्रामा निरन्तर खटिरहन उर्जा प्राप्त भएको छ, सम्पादक रेग्मीले भने । खोज पत्रकारितालाई विशेष प्राथमिकता दिँदै कालिका–खबर डटकम २०७८ जेठ १६ बाट आरम्भ गरिएको थियो । 

जुन उद्देश्य र लक्ष्यका साथ सुरु भयो कालिका–खबर डटकमले सोही अनुसार आफ्ना कदमहरु चालिरहेको छ । कलमहरु सोहि अनुसार चलिरहेका छन् । जुन सम्पूर्ण पाठकहरुमा जगजाहेर छ ।

पोर्चुगलका हरेका ताजा सूचना र समाचार दिदै आएको कालिका खबरले नेपालको न्यायपरिषदको समाचार ब्रेक गरेर छानबिनमा पुर्याइ न्यायधिश समेतलाई कारवाही भएको छ । सरकारले नीतिगत निर्णय सच्याएको छ । जननिर्वाचित सांसदहरुलाई जनताप्रति उत्तरदायी बनाउन खबरदारी गरिएको छ । खोजमूलक पत्रकारिता मार्फत हामीले राजनीति भित्रका कुरा र समाजको बदलिँदो  चित्रलाई उजागर गर्दै जनताका भावनालाई समेट्ने प्रयास गर्दै कालिका खबर डट.कमले आएका छ । 

 उद्देश्य नै सोही राखेर अघि बढेको कालिका–खबर डटकम आफ्नो गन्तव्यमा निरन्तर लागिरहने प्रण गर्दै यस एक वर्षको अवधिमा हाम्रा गल्ती– कमजोरीलाई औल्याएर सधैं सत्य र तथ्यको बाटोमा अघि बढ्न उर्जा थप्ने तपाई सम्पूर्ण पाठक र शुभचिन्तकप्रति हार्दिक आभार व्यक्त गर्दै निरन्तर रचनात्मक सुझाव र प्रतिकृयाको अपेक्षा गरेको कालिका खबर डट कमका प्रबन्धक पुस्तक रेग्मीले बताउनु भयो ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित