पोर्चुगलमा सडक दुर्घटनामा परी गम्भीर घाइते नेपाली युवाद्वारा सहयोग आग्रह

पोर्चुगलमा सडक दुर्घटनामा परी गम्भीर घाइते  नेपाली युवाद्वारा सहयोग आग्रह
www.europenepalikhabar.com २०८० फागुन १५ गते मंगलबार, 27-02-2024


युरोपनेपाली खबर, लिस्वन – पोर्चुगलको फारोमा लामो समय देखि काम गर्दे आउनु भएका तेह्रथुम फेडाप निवासी ३४ बर्षिय युवा बुद्धिबहादुर थापा दुर्घटनामा परी सख्त घाइते भएकाले सहयोगको याचना गर्नु भएको छ ।

उनलाई कामबाट फर्किएर बिद्युतिय साइकलमा डेरा फर्कँदा बाटोमा आउँदा फरवरी २१ साँझ पछाडिबाट तीव्र गतिमा आइरहेको गाडिले ठक्कर दिएको थियो । ठक्कर दिए पश्चात गाडि फरार भएको र अहिलेसम्म पनि पत्ता नलागेको हुनाले उनलाई सँगै अर्को साइकलमा आएका साथीले अस्पताल पुर्याएका थिए ।

घाइते बुद्धिबहादुर थापाको फारो अस्पतालको इमर्जेन्सी कक्षमा उपचार भइरहेको र उपचारका लागि खर्च अभाव भए पनि उनले आफ्नो साथी मार्फत सहयोगको याचना गरेका हुन् ।

नेपालमा उनको पिताको मृत्यु भइसकेको र  उनलाई नेपालको घर तर्फबाट पनि कुनै सहयोग हुन नसकेको जानकारी गराएका छन् ।

उनले जारी गरेको विज्ञप्तीमा कम्मरभन्दा तलको भाग नचल्ने भएको र खर्च अभावका कारण झन झन अवस्था बिग्रँदै गएको र हालसम्म पनि पैसा अभावका कारण अपरेसन हुन नसकेकाले सहयोगको आशा गरेका हुन् ।

गैरआवासीय नेपाली संघ पोर्चुगलका अध्यक्ष उमेश खड्काले संघको तर्फबाट घाइतेलाई हस्पिटल गइ भेट गरी आवश्यक जानकारी लिइ सहयोग पुर्याउने बारेमा पहल भइरहेको जानकारी दिए ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित