नियाल्प पोर्चुगलले जनवरी ३१ मा नि:शुल्क महिला स्वास्थ्य सचेतना कार्यक्रम आयोजना गर्दै

नियाल्प पोर्चुगलले जनवरी ३१ मा नि:शुल्क महिला स्वास्थ्य सचेतना कार्यक्रम  आयोजना गर्दै
www.europenepalikhabar.com २०८१ माघ १५ गते मंगलबार, 28-01-2025


युरोपनेपाली खबर, लिस्बन । पोर्चुगलको आप्रवासी क्षेत्रको काम र सहजीकरणमा महत्त्वपूर्ण भूमिका निभाइरहेको अग्रणी संस्था नियाल्प पोर्चुगलले नि:शुल्क महिला स्वास्थ्य सचेतना तथा जानकारी सम्बन्धी कार्यक्रम गर्ने भएको छ ।

नि:शुल्क रूपमा संचालन हुने उक्त कार्यक्रम जनवरी ३१ तारिख शुक्रबार गर्ने तयारी गरिएको नियाल्प पोर्चुगलका अध्यक्ष केपी भट्टराईले जनाएका छन् । कार्यक्रम दिउँसो ३ बजे सुरु हुनेछ ।

इच्छुक सेवाग्राहीहरुलाई सहभागिताका लागि अनुरोध गर्दै संस्थाले नेपाली, अग्रेजी, हिन्दी, बंगाली, उर्दु लगायतका भाषा र विभिन्न संचार माध्यममा सूचना एवं पोस्टर पम्प्लेटहरु प्रकाशित गरेको छ ।

कार्यक्रमको बिस्तृत जानकारी तल पोस्टरमा उल्लेख छ :


FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित