प्रवासी नेपाली मञ्च डेनमार्कद्वारा नयाँ वर्ष २०८२ को शुभकामना आदानप्रदानसहित भित्ते पात्रो प्रकाशन

प्रवासी नेपाली मञ्च डेनमार्कद्वारा नयाँ वर्ष २०८२ को शुभकामना आदानप्रदानसहित भित्ते पात्रो प्रकाशन
२०८२ बैशाख १ गते सोमबार, 14-04-2025


युरोपनेपाली खबर । नेकपा एमालेको प्रवास संगठन प्रवासी नेपाली मंच डेनमार्कद्वारा नेपाली नयाँ बर्ष वि स २०८२ को अवसरमा आइतबार शुभकामना आदानप्रदान तथा नेपाली भित्ते पात्रो विमोचन कार्यक्रम सम्पन्न भएको छ ।

डेनमार्कका लागि महामहिम नेपाली राजदूत प्सुम्निमा तुलाधरको प्रमुख आतिथ्यतामा भएको उक कार्यक्रममा विशेष अतिथिको रूपमा  एनआरएनए आइसीसी सदस्य दिपकराज रिजाल, एनआरएनए डेनमार्क अध्यक्ष कमलराज शर्मा, कोपेनहेगन नगर परिषद सदस्य तथा नलेज ग्रुप संस्थापक हरि न्यौपाने, मंचका संस्थापक अध्यक्ष घनश्याम गौतम, निवर्तमान अध्यक्ष नरेन्द्र ब. बस्नेत, ईनास ग्लोबल महासचिब राजमान तामाङ र अतिथिहरुमा जनसम्पर्क समिति  डेनमार्क सभापति यादव बस्नेत,नलेज ग्रुप संयोजक शिव कार्की, CNWD अध्यक्ष सरु पाण्डे, NVA अध्यक्ष प्रकाश श्रेष्ठ, नेप्लिज इन्टरप्रेन्योर्स डेनमार्क अध्यक्ष मिलन श्रेष्ठ, नेपाली ब्रदर्स अध्यक्ष सन्तोष श्रेष्ठ, नेको इभेन्ट्स संयोजक तथा जनसम्पर्क समिति  डेनमार्क महामन्त्री कृष्ण गिरी तथा विभिन्न संघसंस्थाका पदाधिकारी तथा प्रतिनिधिहरुले कार्यक्रममा उपस्थित भइ  शुभकामना दिएका थिए ।

नेपाली भित्ते पात्रो निर्माणमा प्राविधिक सहयोग गर्ने कार्यसमितिका सबै सदस्यहरु बिज्ञापनदाताहरु City Bajar, The MoMo, Intl Travel, Global Traffic, NVA Denmark, Fresh Goat Meat र कार्यक्रमस्थल व्यवस्थापनमा सहयोग पुर्‍याउने राजमान तामाङ, चिया नि:शुल्क उपलब्ध गराउनु हुने The MoMo का संचालक महदीप श्रेष्ठसहित प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउने सबैप्रति आयोजक समितिले धन्यवाद ज्ञापन गरेको छ ।

कार्यक्रम प्रवासी नेपाली मंच डेनमार्कका अध्यक्ष रोबिन कार्कीको अध्यक्षता, सचिव शैलेन्द्र राईको संचालन र उपाध्यक्ष अमृत रिजालको स्वागत मन्तव्य दिएका थिए । 

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित