पोर्चुगलमा तामाङ समाज पेगोइसले मन्जुश्री सम्बत् २८६२ औं सोनाम ल्होछार भव्यताका साथ मनाउँदै

पोर्चुगलमा तामाङ समाज पेगोइसले  मन्जुश्री सम्बत् २८६२ औं सोनाम ल्होछार भव्यताका साथ मनाउँदै
www.europenepalikhabar.com २०८२ माघ १ गते बिहीबार, 15-01-2026

 

लिस्बन । तामाङ समाज पेगोइस,पोर्चुगलले मन्जुश्री सम्बत् २८६२ औं सोनाम ल्होछार भब्यताका साथ मनाउने तयारी गरेको छ ।

२४ जनवरी २०२६ का दिन तामाङ समाज पेगोइस पोर्तुगलले आफ्नो मौलिक तथा साँस्कृतिक पर्व २८६२ औ ता ल्हो सोनाम ल्होछार भब्य रुपमा मनाउने भएको हो । 

पुरानो बर्ग डुल ल्हो (सर्प बर्ग) लाई बिदाइ गर्दै नयाँ बर्ग ता ल्हो (घोडा बर्ग) को सुरुवात हुने उक्त पर्बको उपलक्ष्यमा मनाउने कार्यक्रममा तामाङ सेलो, स्थानीय कलाकारको बेजोड नृत्य प्रदर्शन र धार्मिक पुजाआजा सहितको शुभकामना आदनप्रदान गरिने आयोजक कमिटीका अगुवा रमेश लामाले बताए । उक्त कार्यक्रममा सम्पुर्ण तामाङ तथा गैर तामाङहरुको पनि उपस्थिति हुने र उक्त कार्यक्रम को दिन निशुल्क यातायातको ब्यबस्था हुने आयोजक कमिटीले जनाएको छ ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित