एस. आइ. युकेले युनिभर्सिटी फेयर-२०२१ आयोजना गर्ने

एस. आइ. युकेले  युनिभर्सिटी फेयर-२०२१ आयोजना गर्ने
युरोपनेपाली खबर २०७८ कार्तिक २८ आइतबार, 14-11-2021


काठमाडौं - युके युनिभर्सिटी फेयर २०२१ हुने भएको छ। एस.आइ.यूकेको आयोजनामा मंसिर ५ मा युके युनिभर्सिटी फेयर २०२१ हुने बताइएको छ। बेलायत पढ्न जान चाहने विद्यार्थीहरुलाई गुणस्तरीय शैक्षिक परामर्श सेवा प्रदान गर्ने उद्देश्यले सन् २०१८ देखि नेपालमा यो सेवा सुरु गरेको हो।

एस.आइ.युकेले ३६ देशमा ७६ ग्लोबल अफिसमार्फत प्रत्यक वर्ष अन्तर्राष्ट्रिय विद्यार्थीलाई युके र आयरल्यान्डमा उच्च शिक्षा हासिल गर्न परामर्श प्रदान गर्दै आएको छ।

सबै देशको शाखाबाट एकैनासको गुणस्तरीय शैक्षिक परामर्श प्रदान गर्दै आएको एस आइ यु केले पोष्ट प्यान्डामीक, नविनतम परिवर्तित भिजा नियमर बेलायती शिक्षण पद्धतिका बारेमा सत्य तथ्य जानकारी गराउन सो शैक्षिक मेलाको आयोजना गर्न लागीएको एसआइयुके नेपाल प्रमुख विनय अधिकारीले जानकारी दिए। 

शैक्षिक मेलामा युकेका विश्वविद्यालयका प्रतिनिधिहरूले विद्यार्थीलाई युकेमा अध्ययन अवसर र चुनौतीका बारेमा जानकारी गराउने बताइएको छ।

फेयरमा बेलायतमा अवस्थित उत्कृष्ट विश्वविद्यालयका प्रतिनिधिहरूले विद्यार्थीलाई परामर्श प्रदान गर्ने आयोजकले जानकारी दिएको छ। फेयरमा विद्यार्थी र अभिभावकले एकै छानामुनि बेलायतको शैक्षिक प्रणाली, अध्यनार्थ लाग्ने अनुमानित लागत, पाउन सक्ने अवसर र वहन गर्नुपर्ने चुनौतीहरुका बारेमा पूर्ण जानकारी हासिल गर्ने अपेक्षा लिइएको छ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित