जनप्रगतिशील मंच साइप्रस बैठकका यस्ता छन् निर्णय,अधिवेशन आयोजक समिति संयोजकमा रमिला

जनप्रगतिशील मंच साइप्रस बैठकका यस्ता छन् निर्णय,अधिवेशन आयोजक समिति संयोजकमा रमिला
अध्यक्ष रमिला राई
युरोपनेपाली खबर २०७८ मंसीर ७ मंगलबार, 23-11-2021


युरोप । नेपाली जनप्रगतिशील मंच साइप्रसको बैठकले विभिन्न महत्त्वपूर्ण निर्णय गरेको विवरण प्राप्त भएको छ । मंचकी अध्यक्ष रमिला राईका अनुसार भर्चुअल रूपमा नोभेम्बर २० मा बसेको बैठक सदस्यता नवीकरणलाई पहिलो प्राथमिकतामा राखेको छ । समयमा नै सदस्य नवीकरण नगर्ने र लेवी नबुझाउनेहरुले अधिवेशनको प्रक्रियामा भाग लिन नपाउने र सदस्यता पनि खारेज हुने जनाइएको छ ।

यसैगरी जनप्रगतिशील मंच साइप्रस राष्ट्रिय समितिको प्रथम अधिवेशन आगामी डिसेम्बर ५ तारिख निकोसियामा भौतिक रूपमा आयोजना गर्ने निर्णय भएको अध्यक्ष राईले बताइन् ।

अधिवेशन व्यवस्थापनको लागि अध्यक्ष रमिला राईको संयोजकत्वमा समितिका अन्य सदस्यहरु रहने गरी आयोजक समिति गठन गरिएको जनाइएको छ ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित