मुकुन्दल्याण्डका परिकल्पनाकार मुकुन्द घिमिरेको बिहे निश्चित, गरे इङ्गेजमेन्ट

मुकुन्दल्याण्डका परिकल्पनाकार मुकुन्द घिमिरेको बिहे निश्चित, गरे इङ्गेजमेन्ट
युरोपनेपाली खबर २०७८ कार्तिक २० शनिबार, 6-11-2021


युरोप । सामाजिक संजालमा फरक दृष्टिकोण र धारणा राखेर सधैं चर्चा आइरहने मुकुन्दल्याण्डका परिकल्पनाकार मुकुन्द घिमिरेको विवाह निश्चित भएको छ ।

उनले झापाकी इन्दिरा संग्रौलासँग इङ्गेजमेन्ट गरेका छन् । 

कुनै बेला रत्नपार्कको रुखमा चढेर व्यंग्यात्मक भाषण गरेर चर्चामा आएका मुकुन्द घिमिरे आफुले चर्चा गर्ने जस्तै इन्दु संग नै  इङ्गेजमेन्ट गरेका छन् । 

२०५८ देखि २०७० सम्म रत्नपार्कमा भाषण गर्दै हिँड्थे । त्यहाँ त्यस्ता गतिविधि गर्न रोक लगाइएपछि अहिले भने सामाजिक सञ्जालमा सक्रिय छन् । त्यहाँ आफ्ना विचारहरू राख्ने गर्छन् । 

धेरैले उनको बिहेका बारेमा चासो राख्ने गरेका थिए, उनले आफ्नो फेसबुक वालामा बिहेको फोटो सार्वजनिक गर्न साथ हजारौंले बधाई र शुभकामना दिइरहेका छन्  ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित