गैरआवासीय नेपालीद्वारा संचालित ब्रिटिश कलेजकी रिया बनिन् विश्वकै उत्कृष्ट

गैरआवासीय  नेपालीद्वारा संचालित ब्रिटिश कलेजकी रिया बनिन् विश्वकै उत्कृष्ट
युरोपनेपाली खबर २०७८ माघ ६ गते शुक्रबार, 21-01-2022


युरोप । ब्रिटिश एजुकेशन ग्रुपको द ब्रिटिश प्रोफेशनल कलेजकी रिया मानन्धले वल्र्ड टपर विश्वकै उत्कृष्ट बन्न सफल भएकी छन् ।

ब्रिटिश एजुकेशन ग्रुपको द ब्रिटिश प्रोफेशनल कलेजले एशोसयिसन अफ चार्टर्ड सर्टिफिाइड एकाउन्टेन्ट् (एसीसीए) मा अध्ययनरत १९ वर्षीय मानन्धर ९८ प्रतशित ल्याई वल्र्ड टपर बन्न सफल भएकी हुन् । उनले ट्याकसेसन पेपरमा वल्र्ड टप गरेकी हुन् ।

कार्यक्रम विश्वकै सबैभन्दा ठूलो र सबैभन्दा छिटो बढिरहेको अन्तर्राष्ट्रिय लेखा निकाय हो । विश्वका १७९ देशमा यो वर्ष अन्तर्गत ५ लाख २७ हजार विद्यार्थी र २ लाख १९ हजार पुर्ण योग्य सदस्यहरु रहेका छन् ।

विश्वका लाखौँ विद्यार्थीहरूलाई पछि पार्दै उनले ट्याक्सेसन पेपरमा सबैभन्दा बढी अंक ल्याउन सफल भइन् ।

रियामा गर्व रहेको भन्दै एसीसीए प्रोग्राम म्यानेजर दीपेन्द्र के श्रेष्ठले कलेज र अन्य विद्यार्थीको लागि पनि गर्वको विषय भएको भन्दै रियाको प्रंशशा गरेका छन् ।

रियाले दीपेन्द्र र बीपीसीका शिक्षकहरुलाई धन्यवाद दिँदै बीपीसीसँगको आफ्नो अनुभव साँच्चै राम्रो रहेको उल्लेख गरिन् ।

ब्रिटिश प्रोफेसनल कलेज ब्रटिश कलेजको सिष्टर संस्था हो । काठमाडौँस्थित द ब्रिटिश कलेजले शैक्षिक सञ्जाल यूएईको दुवई र बेलायतमा समेत गर्दै आएको छ । ब्रिटिश कलेज बेलायतमा बसोबास गर्ने गैरआवासीय नेपाली राजन कडेंलले प्रमुख रूपमा संचालन गर्दै आएका छन् ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित