नेपालमा कोरोनाबाट १६ जनाको मृत्यु पाँचौँ दिन पनि १० हजारभन्दा बढीलाई संक्रमण

नेपालमा कोरोनाबाट १६ जनाको मृत्यु  पाँचौँ दिन पनि १० हजारभन्दा बढीलाई संक्रमण
युरोपनेपाली खबर २०७८ माघ ७ गते शनिबार, 22-01-2022


नेपालमा शनिवार लगातार पाँचौँ दिन १०,००० भन्दा बढी व्यक्तिमा कोभिड पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

विगत २४ घण्टामा १०,२५४ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको र कोभिडकै कारण १६ जनाको मृत्यु भएको पनि मन्त्रालयको तथ्याङ्कले देखाउँछ।

अहिलेको वृद्धिसँगै देशभरि भएका सक्रिय सङ्क्रमितको सङ्ख्या ७२,००० नाघेको छ।

विगत दुई सातादेखि नेपालमा कोभिड-१९ निरन्तर बढिरहेको छ।

अहिलेसम्म नेपालमा ११,६५१ जनाको कोभिडका कारण मृत्यु भएको छ जुन कुल सङ्क्रमितको १.४ प्रतिशत हो।

शनिवार अपराह्न प्रकाशित विवरण अनुसार विवरणअनुसार विगत २४ घण्टामा १४,४६२ वटा परीक्षण पीसीआर विधिबाट र ५,७२५ वटा एन्टिजन विधिबाट कुल २०,१८७ परीक्षण गरिएको थियो।

पीसीआर विधिबाट गरिएका परीक्षणमध्ये ५६.८ प्रतिशतमा र एन्टिजन परीक्षणमा ३५.७ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको हो।

हाल देशभरि सङ्क्रमितको सङ्ख्या ७२,८६२ रहेको तथ्याङ्कले देखाउँछ। तीमध्ये झन्डै दुईतिहाई काठमाण्डू उपत्यकामा रहेको तथ्याङ्कले देखाउँछ।

सक्रिय सङ्क्रमितमध्ये ३४,१५९ जना काठमाण्डूमा, ८,२२० जना ललितपुरमा र ४,६४५ जना भक्तपुरमा छन्।

विगत २४ घण्टामा काठमाण्डूमा ३,७६२ जना, ललितपुरमा १,११० र भक्तपुरमा ४३४ जना नयाँ सङ्क्रमित थपिएका हुन्।

त्यस्तै मोरङमा २७३ जना, सुनसरीमा २१२ जना र कास्कीमा ४०० जना नयाँ सङ्क्रमित थपिएका छन्।

अहिले आईसीयूमा २१० जना र भेन्टिलेटरमा ३७ जना बिरामी भएको मन्त्रालयले जनाएको छ।

विगत २४ घण्टामा निको हुने सङ्क्रमितको सङ्ख्या ७०८ रहेको छ। नेपालमा कुल सङ्क्रमितमध्ये ९०.७ प्रतिशत निको भएका छन्।

अहिले सङ्क्रमित भइरहेका मध्ये अधिकांश २१ देखि ४० वर्ष उमेर समूहका मानिसहरू रहेका छन् । बिबिसी 

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित