दुबईमा एक नेपालीलाई रु ३४ करोड ६३ लाखको चिट्ठा पर्यो

दुबईमा एक नेपालीलाई रु ३४ करोड ६३ लाखको चिट्ठा पर्यो
www.europenepalikhabar.com २०७९ असोज ५ गते बुधबार, 21-09-2022


दुबईमा एक नेपालीले लक्की ड्रमा एक करोड दिराम जितेका छन् । रोजगारीका लागि तीन वर्षअघि दुबई पुगेका गुल्मीका ३१ वर्षीय भरत विकले लक्की ड्रमा एक करोड दिराम (करिब ३४ करोड ६३ लाख नेपाली रुपैयाँ) जितेका हुन् ।

खालिज टाइम्सका अनुसार मासिक १३०० दिराम कमाइ गर्दै आएका भरतले ‘महजुज ड्र’ नाम दिइएको सो लक्की ड्र जितेका हुन् ।

भरतका दुई सन्तान छन् । ब्रेन ट्युमरबाट पीडित २५ वर्षीय कान्छो भाइको उपचारका लागि पैसाको अभाव भएपछि आफू कामका लागि दुबई आएको उनले बताए ।

उनका बुबा पनि भारतमा रोजगाी गर्छन् । चिठ्ठा जितेपछि उनले परिवारको बसोबासका निम्ति पनि सो रकम खर्चने प्रतिक्रिया दिएका छन् ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित