रोमानियामा मृत्यु भएका नेपालीको शव नेपाल पठाउने तयारी

रोमानियामा मृत्यु भएका नेपालीको शव नेपाल पठाउने तयारी
www.europenepalikhabar.com २०७९ कार्तिक २२ गते मंगलबार, 8-11-2022


लाक्पा तेन्जी लामा/रोमानिया ।

गत नोभेम्बर २ तारिख बुधबार  रोमानियाको Timisoara शहरको Vizejdia  नजिक Banat Melon agriculture कम्पनीमा कार्यरत म्याग्दी जिल्ला घर भएका ३३ बर्षका देबिद्र पुनको कम्पनी मै काम गर्ने क्रममा मेसिनले तानिएर दु:खद मृत्यु भएको थियो । 

मृतकको शव आगामी शुक्रबार सम्ममा नेपाल पठाईने भएको छ। शव पठाउन सम्पूर्ण कानूनी र कागजी प्रक्रिया सकिएको र शव लाई चाडै नेपाल पठाउने तयारीमा रहेको कुरा रोमानियाका लागि नेपाली  अवैतानिक बाणिज्यदूत नवराज पोखरेलले बताउनु भएको छ। उहाँका अनुसार शव पठाउन लाग्ने सम्पुर्ण खर्च मृतक कार्यरत रहेको कम्पनीले नै ब्यहोर्ने र कम्पनी को तर्फबाट दाहसंस्कार गर्नका लागि थप 3000 RON सहयोग गर्ने भएको जानकारी दिनु भएको छ । 

साथै नेपालको मेनपावरसंग सम्बन्धित रोमानियामा कार्यरत Ang Pemba Sherpa को तर्फबाट नेपाली २ लाख रूपियाँ र रोमानियन एजेन्सी DC Employment  को तर्फबाट Roxana Maria Costache बाट  सहयोग स्वरूप 5000 RON प्राप्त भएको जानकारी गराइएको छ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित