सर्वाधिक फलोअर भएका १० फेसबुक पेज

सर्वाधिक फलोअर भएका १० फेसबुक पेज
www.europenepalikhabar.com २०७९ कार्तिक २४ गते बिहीबार, 10-11-2022


युरोपनेपाली खबर, पोर्चुगल । 

सामाजिक सञ्जाल फेसबुक दिनानुदिन प्रख्यात बन्दै गइरहेको छ । बजारमा अन्य प्रतिस्पर्धी हुँदा पनि फेसबुक सर्वाधिक प्रयोगकर्ता हुने सामाजिक सञ्जालमा पर्छ । स्टाटिकाका अनुसार फेसबुकको मासिक २ अर्ब ९५ करोड सक्रिय प्रयोगकर्ता रहेका छन् ।

फेसबुकमा यति धेरै सक्रिय प्रयोगकर्ता भइरहँदा सर्वाधिक फलोअर्स हुने फेसबुक पेज कुन होला भन्ने धेरैको चासो हुनसक्छ । आज हामी फेसबुकमा सर्वाधिक फलोअर्स भएका फेसबुक पेजबारे जानकारी दिँदैछौं ।

१. फेसबुक एप

अमेरिकी कम्पनी फेसबुकको 'फेसबुक एप' नामक पेज प्लेटफर्ममा सर्वाधिक फलोअर्स हुने पेज हो । १८ करोड २० लाख बढी फलोअरका साथ फेसबुक एपु पेज शीर्ष स्थानमा छ ।

२. सामसङ

​दक्षिण कोरियाली कम्पनी सामसङ सर्वाधिक फलोअर हुने पेजको दोस्रो स्थानमा पर्छ । १६ करोड १० लाख फलोअरका साथ सामसङ दोस्रो स्थानमा रहेको छ ।

३. क्रिस्टियानो रोनाल्डो

​पोर्चुगल राष्ट्रिय फुटबल टिमका कप्तान क्रिष्टियानो रोनाल्डो सर्वाधिक फेसबुक फलोअर हुनेहरूमध्ये तेस्रो सूचीमा पर्छन् । हाल उनका १५ करोड ४० लाख बढी फलोअर रहेका छन् ।

४. मिस्टर बिन

मिस्टर बिन नामबाट चर्चित बेलायती कमेडियन रोविन एट्किन्सनको फेसबुक पेज सर्वाधिक फलोअर हुनेहरूको सूचीमा चौथो स्थानमा पर्छ । हाल मिस्टर बिन पेजमा १३ करोड २० लाख बढी फलोअर रहेका छन् ।

५. फाइभ मिनेट क्राफ्ट

साइप्रसका एक समूहले सञ्चालन गरेको 'फाइभ-मिनेट क्राफ्ट' नामक फेसबुक पेज सर्वाधिक फलोअर्स हुने पेजहरूमा पाचौँ स्थानमा पर्छ । हाल यो पेजको १२ करोड ३० लाख बढी फलोअर्स छन् । दैनिक जीवनमा गरिने विभिन्न काम कसरी छिटो गर्न सकिन्छ भन्ने विषयसँग सम्बन्धित भिडिओ यस पेजबाट अपलोड हुने गर्छन् ।

६. सीजीटीएन

​चिनियाँ सञ्चार माध्यम सीजीटीएन सर्वाधिक फलोअर हुने फेसबुक पेजहरू मध्येको एक हो । यो पेज ११ करोड १९ लाख फलोअरका साथ छैठों स्थानमा रहेको छ ।

७. साकिरा

​म्बोडियन गायिका साकिरा इसाबेल मेबाराक रिपोलको फेसबुक पेज 'साकिरा' सर्वाधिक फेसबुक फलोअर हुनेहरूमध्ये सातौँ स्थानमा पर्छ । हाल साकिराको फेसबुक पेजमा ११ करोड ७० लाख फलोअर रहेका छन् ।

८. रियल मड्रिड सीएफ

​स्पेनको व्यावसायिक फुटबल क्लब रियल मड्रिड क्लब अफ फुटबलको फेसबुक पेज 'ुरियल मड्ररिड सीएफ' सर्वाधिक फलोअर हुने फेसबुक पेजहरूमा आठौँ स्थानमा पर्छ । उक्त पेजमा हालसम्म ११ करोड ५० लाख बढी फलोअर रहेका छन् ।

९. विल स्मिथ

​अमेरिकी अभिनेता तथा र्‍यापर विलर्ड क्यारोल स्मिथ २ को फेसबुक पेज 'विल स्मिथ' सर्वाधिक फेसबुक फलोअर हुने पेजको नवौँ सूचीमा पर्छ । ११ करोड २० लाख बढी फलोअरका साथ विल स्मिथ ९ औँ स्थानमा रहेको छ ।

१०. कोकाकोला

कार्बोनेट सफ्ट ड्रिङ्क कम्पनी कोकाकोलाको फेसबुक पेज 'कोकाकोला' सर्वाधिक फलोअर हुने पेजहरू मध्येको एक हो । १० करोड ८० लाख बढी फलोअरका साथ कोकाकोला शीर्ष १० स्थानमा रहेको छ ।

माथि उल्लेखित फेसबुकमा सर्वाधिक बढी फलोअर हुने पेजहरू क्षेत्रगत रुपमा पनि पहिलो स्थानमा छन् । उदाहरणका लागि सामाजिक सञ्जाल कम्पनीहरूमा फेसबुक शीर्ष स्थानमा पर्छ । विद्युतीय उपकरण निर्माता कम्पनीहरूको तुलनामा सामसङ पहिलो छ ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित