रोमानियामा पहिलो पटक नेपाली समाज दर्ता

रोमानियामा पहिलो पटक नेपाली समाज दर्ता
www.europenepalikhabar.com २०७९ मंसीर ३ गते शनिबार, 19-11-2022


- लाक्पा तेन्जी लामा/रोमानिया

हामी आफ्नो जन्मभूमि,घर परिवार,आफन्त सबै त्यागेर आफ्नो र घर परिवारको भबिश्य उज्वल बनाउने उदेश्यले र हाम्रो देशमा उचित रोजगारको अवसर नभएकाले  हामी विदेशिन बाध्य  भएका छौ । यसै क्रममा नेपालका विभिन्न गाउँ ठाउँबाट तपाई हामी रोमानियामा रोजगारका लागि आएका छौं।

यहाँ हामी विभिन्न क्षेत्रमा कार्यरत छौं यसरी बिदेशी भुमिमा रहदा तपाई हामी जुनसुकै जात,धर्मका भए पनि हामी सबै नेपाली हौं नेपाली भएर रहनु पर्छ । यहाँ हामी सबै आफ्नै घर परिवार आफन्त जस्तै गरि मिलेर रहनु पर्छ। यहाँ रहदा तपाई हामी जो कोहीलाइ पनि भोलिका दिनहरुमा विभिन्न समस्याहरु आइपर्न सक्छ, यस्तो अवस्थामा तपाई-हामी सबै एकजुट भएर हातमा हात मिलाएर अगि बढ्नु पर्छ । 

भोलिका दिनहरुमा कोही कसैलाई विभिन्न कारणबाट समस्यामा परेको खण्डमा हामी एकजुट भएर त्यस्ता समस्याहरुको सामना गर्नुपर्छ, तपाई हामी यहाँ जुनसुकै ठाँउमा रहेपनि कोही कसैलाइ समस्या परेको खण्डमा एक अर्कामा सेयर गरेर त्यस्ता समस्याहरुको समाधानको बाटो खोज्नु पर्छ। यी विविध उदेश्यहरु बोकेर विगत २०१६ मा नेपाली समाज रोमानिया गठन गरियो र पछिल्लो समय सामाजिक कार्यहरुमा सक्रिय रहेर विभिन्न कार्यक्रमहरुको पनि आयोजना गर्दै आइरहेको छ तर बिना दर्ता वा कानुनी रुपमा मान्यता प्राप्त नगरी जुनसुकै कार्यक्रमहरु आयोजना गर्दा कानुनी रुपमा जटिल समस्यहरु देखिने भएकाले यस समस्यालाई मध्यनजर गर्दै नेपाली समाज रोमानिया यहाँको सम्पुर्ण कानुनी प्रक्रिया हरु पूरा गरि गत नोभेम्बर १६ तारिकका दिन दर्ता गरि वैधानिकता प्राप्त गरिएको छ ।

जसबाट पछिल्लो दिनहरुमा जुन सुकै कार्यक्रमहरु आयोजना तथा संचालन गर्न सहज रुप बाटो खुलिएको छ । नेपाली समाज रोमानिया, रोमानियाका लागि नेपाली अवैतानिक बाणिज्यदुत श्री नवराज पोख्रेलको अध्यक्षतामा १५ संस्थापक सदस्य रहेको छ । नेपाली समाज रोमानिया रोमानिया मा कार्यरत रहेका समस्त नेपाली समुदायको हकहित र अधिकार प्राप्तिका लागि आगामी कार्ययोजनाहरु तयार गरिने छ  र रोमानियामा रहनु भएका समस्त  दाजुभाई तथा दिदिबैनीहरुलाइ नेपाली समाज रोमानियाको सदस्यता बन्न आग्रह गरिएको छ ।

Board of Founders: 

1. Nawa Raj Pokharel –President 

2. Alok Kumar Sah – Vice President I 

3. Khagendra Adhikari - Vice President II 

4. Gopal Khadka – General Secretary 

5. Lhakpa Tenji Lama – Secretary 

6. Sova Laxmi Manandhar – Board Member 

7. Jeni Gurung – Board Member 

8. Phursang Lama – Board Member 

9. Bishnu Raj Pandey – Board Member 

10.Khum Lal Bhusal – Board Member 

11.Goma Thapa Magar - Board Member 

12.Jamuna Thapa Magar – Board Member 

13.Kalpana Rai Adhikari – Board Member 

14.Uva Raj Lamichhane – Board Member 

15.Bijay Kunwar – Board Member

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित