प्रवासी नेपाली मंच युरोप महादेश कमिटीको सचिवमा बेल्जियमका थपलिया चयन

प्रवासी नेपाली मंच युरोप महादेश कमिटीको सचिवमा बेल्जियमका थपलिया चयन
www.europenepalikhabar.com २०७९ माघ ५ गते बिहीबार, 19-01-2023


युरोप ।  नेकपा एमालेको प्रवास संगठन प्रवासी नेपाली मंच युरोप महादेश कमिटीको सचिवमा बेल्जियम निवासी शालिकराम थपलिया सर्वसम्मत चयन भएका छन्।

१४ जनवरीमा बसेको अन्तर्राष्ट्रिय कमिटीको बैठकले युरोप महादेश कमिटीको सचिवमा थपलियालाई सर्वसम्मत रुपमा चुनेको हो।

थपलिया विगतमा जन आदर्श बहुमुखी क्याम्पस विरेन्द्रनगर चितवनको स्ववियु सभापति र बेल्जियमको पार्टी कमिटीमा संस्थापक सदस्यमा रहेका थिए।

पार्टी निर्माणमा उल्लेख्य भुमिका निर्वाह गरेका थपलिया हाल प्रवासी नेपाली मंच बेल्जियमको वरिष्ठ उपाध्यक्षको जिम्मेवारीमा रहेका छन्।

संगठनमा अनुभवी र जुझारु थपलिया चयन हुनुले युरोप महादेशको पार्टी निर्माण, संगठन थप मजबुत र उचाइमा पुग्ने अपेक्षा गरिएको छ। उनको चयनलाई उपयुक्त ठाउँमा सही व्यक्ति भएको आम प्रतिक्रिया पाइएको छ ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित