इन्दिरा चाम्लिङ, ब्रसेल्स l
बिश्वमगर संघ बेल्जियमद्वारा आयोजित माघेसंक्रान्ति २०२३ कार्यक्रम बेल्जियम स्थित क्यासेल्लो शहरमा भव्य र सभ्य रूपमा सम्पन्न भयो ।
मगर समुदायको महान् चाड माघे संक्रान्ति २०२३ विश्वभरको मगर एक हौं, पुर्खाको विरासत हाम्रो पहिचान ,हामीले संरक्षण गरौं । हाम्रो संस्कृति प्राण भन्दा प्यारो छ । यही संस्कृति बचाउने हाम्रो अभिभारा छ ,भन्ने नाराका साथ हिजो मनाएको हो ।