राष्ट्रपति पौडेलद्वारा चौधरीलाई माफी

राष्ट्रपति पौडेलद्वारा चौधरीलाई माफी
www.europenepalikhabar.com २०८० जेठ १४ गते आइतबार, 28-05-2023


राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसको अवसरमा ४८२ जनाको कैद सजाय माफी गरेका छन् । 

आइतबार साँझ राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले विज्ञप्ति जारी गर्दै ४८२ जनाको कैदीहरूको चुक्तान हुन बाँकी कैद सजाय माफी गरेको जानकारी दिएका छन् ।

यसमा रेशम चौधरीसमेत समावेश गरिएका छन्। आइतबारमात्रै उनको पनि सजाय माफ हुने गरी मन्त्रिपरिषदले राष्ट्रपति पौडेलसमक्ष सिफारिस गरेका थिए । 

मन्त्रिपरिषदको सिफारिसमा सोमबारदेखि लागु हुनेगरी रमेश थलङ भन्ने हेमबहादुरसमेत ४७५ र जेष्ठ नागरिक उदयनारायण गिरीसमेत सात जना गरी कुल ४८२को कैद भुक्तान हुन बाँकी सजाय माफी भएको हो । 

यस्तै मन्त्रिपरिषदकै सिफारिसमा टोपबहादुर बुढा समेत १९ जना व्यक्तिहरूलाई विभिन्न मितिमा भएका फैसला बमोजिम कैद सजाय पनि माफ गरेको भट्टराईले जानकारी दिएका छन् ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित