यस बर्षको SEE मा संखुवासभाका सर्वोउत्कृष्ट विद्यार्थी बने प्रसिद्ध थापा

यस बर्षको SEE मा संखुवासभाका सर्वोउत्कृष्ट विद्यार्थी बने प्रसिद्ध थापा
www.europenepalikhabar.com २०८० असार २२ गते शुक्रबार, 7-07-2023


खाँदबारी । यस बर्षको SEE  परीक्षामा GPA 3.80 ल्याउदै  हिमालय मावि खाँदबारीका प्रसिद्ध थापा संखुवासभाका सर्वोउत्कृष्ट (जिल्ला टपर) विद्यार्थी बनेका छन्। हिमालय मावि जिल्लाकै ठूलो सरकारी सामुदायिक विद्यालय मध्ये एक हो ।

जिल्ला प्रथम भएका थापाले अनिवार्य अंग्रेजीमा ४ जिपीए ल्याएका छन् । त्यस्तै, अनिबार्य नेपालीमा ३.६, अनिबार्य गणिता ४, विज्ञानमा ३.६, सामाजिक अध्ययनमा ३.६ जिपिए ल्याएका छन् ।

स्वास्थ्य, जनसंख्या तथा शिक्षामा ३.६, ऐच्छिक गणितमा ४ र कम्प्युटर विज्ञानमा ४ जिपिए ल्याएकाे हिमालय माविका सुचना अधिकारी भरत कुलुङले जनाए ।

विद्यालयले आफ्ना विद्यार्थीहरुप्रति गौरव गर्दै भनेको छ, "यस विद्यालयबाट शै.स.२०७९ काे SEE परीक्षामा सामेल भई उच्च तीनमा पर्न सफल हुने प्रसिद्ध थापा,(GPA 3.8) झलकमान तामाङ (GPA 3.7) र साैगात कट्टेल(GPA 3.7) लगायत सफलता प्राप्त गर्ने सवै विद्यार्थीहरुमा हार्दिक बधाई सहित थप शैक्षिक सफलताकाे शुभकामना !!"

जिल्ला टपर प्रसिद्ध आफुले प्राप्त गरेको सफलताप्रति खुशी हुँदै भने "जिल्लाको टप हुन पाउँदा खुशी लागेको छ, ड्याडी ममी, भाइ, सबै परिवार, सरहरु, मिसहरु, स्कुल र साथीहरू सबैलाई धन्यवाद भन्छु र अब अझै मेहनत गर्छु, अब कता के पढ्ने सल्लाह गर्छु, पहिलो पटक पत्रीकामा बोलेको के भनौं के भनौं !"

खाँदबारी-१०,चन्दनपुर, सिरिसे जन्म घर भइ हाल खाँदबारी-१ फुलबारी टोलमा बसोबास गर्ने विद्यार्थी थापा बौद्ध विश्व विद्यालयका अनुसन्धानकर्ता राजेन्द्र थापा र एक नीजि विद्यालयकी शिक्षिका करुणा थापाका जेठा छोरा हुन् ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित