जथाभावी बोल्ने वकिललाई कारवाही गर्न बेल्जियमबाट माग

जथाभावी बोल्ने वकिललाई  कारवाही गर्न बेल्जियमबाट माग
www.europenepalikhabar.com २०८० भाद्र ४ गते सोमबार, 21-08-2023


मिती २०८० श्रावण ७ गते प्राईम टाइम टेलिभिजनबाट प्रसारित कार्यक्रम चिया गफ मार्फत अधिबक्ता भगवती पाण्डे (शितल) ले सिङ्गो तामाङ्ग र मगर जाती समुदायमा दाजुभाई दिदीबहिनी बिचमा बिबाह हुन्छ भनि दिएको अभिव्यक्तिले समस्त समुदायलाई आँच पुगेको छ । आधारहीन र तथ्यहीन अभिव्यक्ति मार्फत सिङ्गो समुदायलाई नै आपराधीकरण गर्ने र समुदायका सम्पूर्ण मानिसहरुलाई पशु सँग तुलना गर्ने कार्य बोल्दै गर्दा हाम्रो समुदायमा ठुलो चोट पुगेको छ ।

यी अति नै घृणित अनि कपोकल्पित अभिव्यक्तिले सिङ्गो तामाङ्ग र मगर समुदायहरुको चल्दै आएको रितिरिवाज, संस्कार, संस्कृति, धर्म, आत्मसम्मान र प्रतिष्ठामा गम्भीर चोट पुर्याईएकोले हाम्रो समुदाय यस बिषयमा नेपाल सरकार प्रति ज्ञापन-पत्र मार्फत गम्भीर ध्यानाकर्षण गराउन बाध्य छौँ । साथै २०८० श्रावण १७ गतेको स्वघोषित कार्यक्रम अनुसार एक घण्टे शान्तिपुर्ण जिल्ला प्रहरी परिसर टेकु घेराऊ कार्यक्रममा प्रहरीले अनाबश्यक बल प्रयोग गरी ४ दर्जनभन्दा बढी मानिसलाई पक्राउ गरियो । अनाबश्यक बल प्रयोगका साथै अश्रुग्याँस र लाठीचार्ज गरी पक्राउ परेका जनमानस र प्रदर्शनकारीहरु मध्ये एक दर्जन भन्दा बढी महिला र पुरुषहरुलाई शारीरिक चरम बर्बर यातना र लज्जाबोध जनक अपशब्दहरु प्रोयोग गरी मानसिक पिडा दिएको प्रति घोर निन्दा प्रकट गर्दछौं। यसरी हिरासतमा लिएपछि पनि तानाशाही राणाशासनको जस्तो झल्को दिने प्रहरी परिसर टेकुको प्रहरीहरुको व्यबहार प्रति यथाशिघ्र सहि र सत्य छानबिन सहित कारबाहीको जोडदार माग गर्दछौं । यस शान्तिपुर्ण जिल्ला प्रहरी परिसर टेकु घेराऊ कार्यक्रममा सरिक हुनुभएका घाइतेहरु प्रति सहानुभूति राख्दे शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौं । शान्तिपुर्ण जिल्ला प्रहरी परिसर टेकु घेराऊ कार्यक्रममा भएको अमानविय कार्य र दमनले नेपाली जनताहरुको बोल्ने स्वतन्त्रता, मौलिक अधिकार र मानब अधिकार समेतमा खलल पुगेको छ, यसमा हाम्रो असहमती सहित घोर बिरोध गर्दछौं । साथसाथै अधिबक्ता भगवती पाण्डे (शितल) लाई पक्राउपछिको जिल्ला प्रहरी परिसर टेकु प्रशासनले गरेको नौटंकी ब्यबहारले गरिमामय प्रहरी संगठनको कार्य प्रती धेरै प्रश्न उठाउने ठाउँ बनाएको र प्रहरीको त्यो कद गर्ल्यामगुर्लुम ढालिएको छ, यसमा नेपाल सरकारले बिश्वाश गुमाएको छ । अन्तमा:- यो नेपाल सरकारको तर्फबाट गरिएको सुनियोजित संरक्षण रुपी कार्यशैली र लज्जाबोध गराउने नेपाल प्रहरीको गतिविधीको प्रबाश स्थित हाम्रो तामाङ्ग समाज बेल्जियम र बिश्व मगर संघ बेल्जियम घोर भर्तत्सना गर्दै अधिबक्ता भगवती पाण्डे (शितल) लाई नेपालको कानुन बमोजिम कडा भन्दा कडा जतिसक्दो चाँडो कार्बाहीको माग गर्दछौं । धन्यवाद ।


 लोक राना मगर

अध्यक्ष, विश्व मगर फेडरेशन बेल्जियम ।


 राम लामा

 अध्यक्ष, तामाङ्ग समाज बेल्जियम ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित