नेपाली नारी समाज र महिला समाज पोर्चुगलको एकता अधिवेशन सम्पन्न, अध्यक्षमा शान्ति अर्याल अधिकारी

नेपाली नारी समाज र महिला समाज पोर्चुगलको  एकता अधिवेशन सम्पन्न, अध्यक्षमा शान्ति अर्याल अधिकारी
www.europenepalikhabar.com २०८० भाद्र ११ गते सोमबार, 28-08-2023


लिस्वन – विभाजनको करिब ४ बर्षपछि नेपाली नारी समाज पोर्तुगल र नेपाली महिला समाज पोर्तुगलले एकताको अधिवेशन सम्पन्न गरेका छन् । आज पोर्तुगलको राजधानी लिस्वनमा सम्पन्न अधिवेशनले शान्ति अर्याल अधिकारीको अध्यक्षतामा २५ सदस्यीय कार्यसमिति गठन गरेको छ ।

सन् २०१४ मा सीता बरालको अध्यक्षतामा नेपाली नारी समाज पोर्तुगलको गठन भएको थियो भने सन् २०१९ मा निर्मला ढकालको अध्यक्षतामा नेपाली महिला समाज पोर्तुगलको गठन भएको थियो । यो अवधिमा पोर्तुगलमा रहेका नेपाली दिदीबहिनीहरुको यी संगठनहरुले छुट्टाछुट्टै रुपमा आफ्नो कार्यक्रम र गतिविधिहरु संचालन गर्दै आइरहेका थिए । लक्ष्य र उद्देश्य एक हुँदाहुँदैपनि केही  कारणवस यी संगठनहरु छुट्टाछुट्टै रहँदा यहाँ रहेका अन्य संघ-संस्था तथा सुभेच्छुकहरुबाट पनि एकताको लागि विभिन्न समयमा आग्रह र समन्वय हुँदै आइरहेको थियो ।

पछिल्लो केही समयदेखि दुवै संगठनका अध्यक्षहरु माया खरेल र सिता श्रेष्ठ (सिवानी) लगायत अन्य पदाधिकारीहरु पनि संगठनलाई एकतावद्ध गर्ने कुरामा प्रतिवद्ध देखिएका थिए । त्यसैको फलस्वरुप नेपाली नारी समाज पोर्तुगल र नेपाली महिला समाज पोर्तुगलवीच एकता भई "नेपाली वोमेन एसोसियसन पोर्तुगल" (NWAP) को गठन भएको हो ।

एकता अधिवेशनमा बोल्दै प्रमुख अतिथि पोर्तुगलका लागि अवैतनिक नेपाली महावाणिज्यदुत मकर हमालले पोर्तुगलमा रहेका नेपाली दिदीबहिनीहरुको संगठन एक हुँदा आफु निक्कै नै हर्षित भएको भन्दै आफु यही दिनको पर्खाइमा रहेको बताए । उनले अबका दिनमा यो एकता सदैव कायम रहोस् भन्दै निर्वाचित नयाँ कार्यसमितिलाई सफलताको शुभकामना दिए ।

कार्यक्रममा गैरआवासीय नेपाली संघ पोर्तुगलका संस्थापक अध्यक्ष पूर्ण हमाल, संघका आइसीसी सदस्य राजकुमार थापा, गैरआवासीय नेपाली संघ युरोपमा उपसंयोजक तिलक गैरे, युवा उपसंयोजक रोवट लिम्बु, गैरआवासीय नेपाली संघ पोर्चुगलका अध्यक्ष उमेशकुमार खड्का, नेपाल आदिवासी जनजाति महासंघ पोर्तुगलका अध्यक्ष चोपकुमार मगर, नेपाली महिला समाज पोर्चुगलकी संस्थापक अध्यक्ष निर्मला ढकाल, प्रवासी नेपाली मंच पोर्तुगलका अध्यक्ष राजाराम लामिछाने,जनसम्पर्क समिति उपसभापति पोर्तुगलका  रामप्रसाद सापकोटा तथा नेता युवराज पन्थी, नेपाली जनप्रगतीशील मंचकी संयोजक सिता ढकाल, जनप्रगतीशील मोर्चाका महासचिव प्रदीप अधिकारी, गुल्मी समाज पोर्चुगलका अध्यक्ष अमृत रिजाल, स्याङ्जा समाज पोर्चुगलका अध्यक्ष अर्जुन अर्याल  नेपाल पत्रकार महासंघ युरोपका सचिव कलश खरेल लगायत झन्डै दुई दर्जन अतिथिले शुभकामना मन्तव्य दिएका थिए ।

कार्यक्रम नेपाली महिला समाज पोर्चुगल पोर्चुगलकी अध्यक्ष माया खरेलको सभापतित्व, नेपाली नारी समाज पोर्चुगलकी महासचिव पुनम गौतमको संचालन, नेपाली नारी समाज पोर्चुगलकी उपाध्यक्ष ज्योस्ना अधिकारीको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो ।

कार्यक्रममा प्रगति प्रतिवेदन शान्ति अर्याल अधिकारी तथा पुनम गौतम, विधान संशोधन दीपा लिम्बूले प्रस्तुत गरेका थिए ।

अन्त्यमा निर्वाचन समितिकी संयोजक निर्मला ढकालले  निम्न बमोजिम नवनिर्वाचित कार्यसमिति पदाधिकारी तथा सदस्यहरुको नाम घोषणा गरेकी थिइन् ।

१- अध्यक्ष- शान्ती अर्याल अधिकारी

२- उपाध्यक्ष – दिपा लिम्बु

३- उपाध्यक्ष – गिता रेउले

४-उपाध्यक्ष – रेनु परियार

५- उपाध्यक्ष – बिन्दु गौतम

६ क्षेत्रीय उपाध्यक्ष – इन्दीरा पाण्डे

७- महासचिव- मोनिका भूषाल

८- सचिव – शोभा गिरी

९- सचिव – दिप्ती काफ्ले

१०- सचिव- सारा बर्तौला

११- कोषाध्यक्ष – देवी घिमिरे

१२- सह कोषाध्यक्ष – प्रिया श्रेष्ठ

सदस्यहरू:

१३- शारदा पौडेल

१४- मन्जिता भूसाल

१५- मिरा कार्की

१६- सविना शाही

१७- सरस्वती खड्का

१८- कल्पना कार्की

१९- सुजाता खत्री

२०- बिना आचार्य

२१- अमृता बोहोरा

२२- उमा अर्याल

२३- रीता श्रेष्ठ

२४- चेतना उपाध्याय

२५- राधा रानाभाट

सल्लाहकारहरू:

१- शिवानी श्रेष्ठ

२- माया पौडेल खराल

३- सरिता शर्मा

४- स्नेहा परियार

प्रमुख संरक्षक –

 मकरवहादुर हमाल (अवैतानिक महावाणिज्यदूत,लिस्बन, पोर्चुगल )

संरक्षक- 

१- सिता बराल (संस्थापक)

२ – निर्मला ढकाल (संस्थापक)

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित