प्रतिकूल मौसमका बाबजुद लिस्वनमा नेप्लिज वोमेन एसोसिएसनको तीज विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न

प्रतिकूल मौसमका बाबजुद लिस्वनमा  नेप्लिज वोमेन एसोसिएसनको तीज विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न
www.europenepalikhabar.com २०८० भाद्र २५ गते सोमबार, 11-09-2023


लिस्वन – नेपाली महिलाहरुको महान् पर्व हरितालिका तीजको अवसरमा पोर्तुगलमा रहेका आम नेपाली दिदीबहिनीहरुको  साझा संस्था नेप्लिज वोमेन एसोसिएसन् इन पोर्तुगलले लिस्वनमा तीज विशेष कार्यक्रमको आयोजना गरको छ । प्रतिकूल मौसमले केही प्रभावित भएपनि कार्यक्रममा यहाँस्थित आम महिला दिदीबहिनी र नेपालीको उल्लेख्य उपस्थिति रहेको थियो ।

प्रारम्भमा मार्टिम मुनिजस्थित पार्कमा कार्यक्रमको आयोजना गर्ने योजना भएपनि बर्षाका कारण नजिकै रहेको चिचिपापा रेष्टुरेन्टमा कार्यक्रम सारिएको थियो । कार्यक्रममको औपचारिक उद्घाटन उक्त रेष्टुरेन्टमा भएपनि अन्य नाचगानका कार्यक्रम भने बर्षा रोकिएपछि पुनः पार्कमा नै साँस्कृतिक कार्यक्रम निरन्तर भएको थियो ।

पोर्तुगलका लागि अवैतनिक महावाणिज्यदूत मकर हमालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा एनआरएनए लगायत पोर्तुगलस्थित विभिन्न नेपाली संघसंस्था तथा व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । उक्त अवसरमा बोल्ने अधिकांश वक्तहरुले विगतका केही बर्षहरुमा यहाँ स्थित दिदीबहिनीहरु विभाजित भई कार्यक्रमहरु भइरहँदा आफुलाई नराम्रो लागिरहेको तर यस बर्षदेखि सबै दिदीबहिनीहरुलाई एक ठाउँमा देख्दा आफुहरु एकदमै खुसी भएको बताए ।

उनीहरुले विभाजित हुनुभन्दा अगाडी जसरी लिस्वनमा तीजको रौनकमा आम नेपाली दिदीबहिनी तथा दाजुभाइहरु एकजुट भएर हर्षोल्लाका साथ मनाउने गर्थे, त्यो दिन पुनः फर्किएको बताए ।

साथै उनीहरुले देश विदेश जहाँ रहेपनि हामीले हाम्रो धर्म संस्कृतिलाई प्रवर्धन गरिरहेको र त्यसैको निरन्तरताको रुपमा यो कार्यक्रम रहेको पनि बताए ।

कार्यक्रम नेप्लिज वोमेन एसोसिएसन् इन पोर्तुगलकी अध्यक्ष शान्ति अर्याल अधिकारीको सभापतित्व, महासचिव मोनिका भुसाल दुलालको संचालन, उपाध्यक्ष गीता रेउलेको स्वागत र संस्थाकी संस्थापक अध्यक्ष निर्मला ढकाल, एनआरएनए पोर्चुगलकी वरिष्ठ उपाध्यक्ष दीपा काफ्ले लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।

मौलिक तीजको आभास हिजो दिनभर जसो लिस्वनको मौसम अनुकुल र प्रतिकुल हुने भइरहेको थियो । यस्तो अवस्थामा आयोजक पनि असामानजस्यमा परेको देखिन्छ । खुला पार्कमा कार्यक्रम हुने तय भएपनि कार्यक्रम शुरुहुने समयमा मौसम प्रतिकुल भएपछि एकाएक रेष्टुरेन्टमा कार्यक्रम तय भएको थियो । तर, कार्यक्रममा सहभागीहरुको भिडलाई एउटा रेष्टुरेन्टले थाम्न सक्ने अवस्था थिएन । औपचारिक उद्घाटन हलभित्र भएपनि नाचगानको पर्व खल्लो हुने हो की भन्ने डर हुन थालेको थियो । तर जसै मौसममा केही सुधार आयो त्यसपछि ठूलो हुल दिदीबहिनीहरुमा मादल बोकेर पार्कमा भेला भए ।

पार्कमा दिदीबहिनीमात्र नभइ पाका आमाहरुपनि भेला भएका थिए । त्यसपछि मादल र थपडीको तालमा शुरु भयो पुराना तीजका भाकाहरु । यी भाकाहरु सुन्दा यस्तो लाग्थ्यो कतै गाउँघरकै पीडिँमा बसेर दिदीबहिनीहरु गीत मार्फत आफ्नो कथा व्यथा सुनाउँदैछन्, आमाहरु आफ्नो दैनिकीलाई भाका मार्फत सबैलाई बुझाउँदै छन्, अनि साथीसंगीहरुसंग आफ्ना रमाइला किस्साहरु सुनाउँदै छन् ।

रेष्टुरेन्ट भित्र आधुनिक गीतमा कम्मर मर्काइरहेकाहरु पनि थपडी र मादलको ताल सुनेर पानी र हिलोको पर्वाह नगरी पार्कतिर आइरहेका थिए । छेउमा बसेर गीत सुनिरहेकाहरु पनि एक किसिमले धेरैलाई नोष्टालोजिक गराइरहेकोमा बर्षालाई धन्यवाद दिइरहेका थिए । यदि बर्षा नभएको भए पार्कमा पनि आधुनिक गीतमा डिजेको तालमा उफ्रिरहेका हुने थिए ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित