गुल्मी समाज पोर्चुगलको १७ सेप्टेम्बर हुने तीज विशेष सांगीतिक कार्यक्रम भव्य बनाउने तयारी

गुल्मी समाज पोर्चुगलको १७ सेप्टेम्बर हुने तीज विशेष सांगीतिक कार्यक्रम भव्य बनाउने तयारी
www.europenepalikhabar.com २०८० भाद्र २९ गते शुक्रबार, 15-09-2023


लिस्बन, १५ सेप्टेम्बर  । पोर्चुगलमा सक्रिय सामाजिक संस्था गुल्मी समाज पोर्चुगलले आगामी १७ सेप्टेम्बर आइतबार तीज विशेष सांगीतिक कार्यक्रम भव्य बनाउने अन्तिम तयारी गरेको छ ।

समाजका अध्यक्ष अमृत रिजालका अनुसार १७ सेप्टेम्बर आईतबार दिउँसो ३:०० बजेदेखि  Rua gomes Freire n.150 postel code  1150-175 अर्थात्

हाम्रो घर रेस्टुरेन्टमा Hamro Ghar Restaurant and Cultural House, lisbon, Portugal हुनेछ ।

समाजको तर्फबाट एक अपील प्रकाशित गर्दै पोर्चुगलका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइ, विभिन्न संघ-संस्थाका प्रतिनिधि, सामाजिक अगुवा, व्यवसायी सबैलाई उक्त सांगीतिक तीज कार्यक्रम उपस्थितिका लागि अनुरोध  गरिएको छ ।

हेर्नुहोस् समाजको अपील :

पोर्चुगलबासी आदरणीय दाजुभाइ  तथा  दिदीबहिनीहरुमा हार्दिक नमस्कार ।

गुल्मी समाज पोर्चुगलको आयोजनामा सम्पन्न हुन गरिरहेको हरितालिका तीज विशेष सांगीतिक कार्यक्रमको हामी अन्तिम तयारीमा व्यस्त रहेको कुरा सबैलाई अवगत नै छ । यस अवसरमा हाम्रो समाजलाई भौतिक नैतिक र आर्थिक समर्थन(सहयोग ) गर्नुहुने सबैप्रति हार्दिक धन्यवाद दिन चाहन्छौं। हामीले  पूर्वनिर्धारित कार्यक्रमको स्थान र कार्यक्रमको मोडालिटी परिवर्तन गरेको कुरा सबैमा जानकारी  पनि गराउन चाहन्छौँ ।

दोस्रो अधिवेशन सम्पन्न भएसँगै हामीले समाजलाई आर्थिक रुपमा बलियो बनाउन प्रयास गरिरहेका छौं । तदनुरूप हामीले हरितालिका तिज कार्यक्रमलाई अलि ठूलो बृहत प्रारुपमा पोर्चुगल को समाज भित्र रहेका क्रियाशिल महिला दिदीबहिनीहरु तथा  विभिन्न संघसंस्था र प्रतिष्ठित व्यक्तित्वहरू व्यापारिक ब्यक्तित्वहरुलाई आमन्त्रण गरी कार्यक्रमलाई भव्य सभ्य र ऐतिहासिक बनाउने  अभियानमा जुटेका छौ। र सोहीअनुसार सबैलाई पत्राचार गरिसकेको जानकारी गराउन चाहन्छौं ।

उक्त दिन 17 september(आइतबार)  हाम्रो औपचारिक कार्यक्रम 3 बजेबाट शुरु हुने हुँदा  हामी गुल्मेली दाजुभाई तथा दिदीबहिनीहरु कार्यक्रमलाई भव्य सभ्य र अनुशासित रुपमा सम्पन्न गर्न समयमै  उपस्थित भई स्वयंसेवक बनेर आफ्नो जिम्मेबारी तथा गुल्मेली तन मन र संस्कारको परिचय दिदै   पोर्चुगलका  समाजहरुमध्ये को  एक उत्कृष्ट नमुना समाजको परिचय दिँदै कार्यक्रम सम्पन्न गर्न सबै सबैमा हार्दिक अनुरोध गर्दछौं ।

"हाम्रो कला, हाम्रो संस्कृति, हाम्रो पहिचान"

हरितालिका (तिज) विशेष शुभकामना आदान प्रदान,दरखाने तथा विशेष सांगितिक कार्यक्रम 

"पोर्चुगल तिज धमाका -२०२३" 

मिति : २०२३/०८/१७ आईतबार 

समय : दिउसो ३:०० बजे 

स्थान : Rua gomes Freire n.150 postel code  1150-175

Hamro Ghar Restaurant and Cultural House, lisbon, Portugal 

आयोजक :- गुल्मी समाज, पोर्चुगल ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित