युरोपनेपाली खबर, लिस्बन । नेपाली राजदूतावास पेरिस र लिस्बनको संयुक्त तत्वाधानमा २१ फेब्रुअरी २०२४ शुक्रवारदेखि पोर्चुगलमा प्रहरी रिपोर्ट लगायत विभिन्न कागजपत्र प्रमाणीकरण शिविर संचालन हुने भएको छ ।
बिहीबार लिस्बनमा नेपाली राजदूतावास पेरिस र लिस्बनका कर्मचारीहरु र गैरआवासीय नेपाली संघ लगायत नेपाली समुदायका अगुवाहरु बीच भएको परिचयात्मक अन्तरक्रिया कार्यक्रममा लिस्बनमा अब दूतावासले नियमित रूपमा सेवा दिने जानकारी गराइएको थियो ।
शिविर संचालनका लागि नेपाली दूतावास पेरिस नियोग उपप्रमुख सिता बस्नेत, लिस्बन दूतावासका अफिसर रामबाबु नेपाल र नायब सुब्बा अनील राना रहनु भएको छ ।
यसैबीच नेपाली राजदूतावास पेरिसले पोर्चुगलको लागि विगत ८ महिना अर्थात् साउनदेखि फागुन पहिलो हप्तासम्ममा ५ हजार ७ सय ६८ पुलिस रिपोर्ट, शैक्षिक प्रमाणपत्र १ सय ३ अन्य कागजपत्र प्रमाणीकरण ८ सय ६२, अधिकृत वारेसनामा ५०, ट्राभल्स डकुमेन्ट ४१ र राहदानी ४ हजार ३ सय २८ वटा नयाँ बनाउने र नवीकरण गरिएको पेरिस नेपाली दूतावास नियोग उपप्रमुख सिता बस्नेतले जानकारी दिनु भएको छ ।
FOUNDER/CHIEF EDITOR :